बिहिबार, चैत्र १५, २०८०

माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटनसत्रमा एमाले अध्यक्ष ओली सहभागी नहुने

काठमाडौ पुस ११,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको आज देखि शुरु हुने आठौँ महाधिवेशनको उद्घाटनसत्रमा मुलुकका विभिन् राजनैतिक दलका शिर्ष नेतृत्वलाइ आमन्त्रण गरिएको छ ।

यद्यपी आमन्त्रण गरिएका कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका शिर्ष नेतृत्वमध्ये माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी ओली भने सहभागी नहुने भएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निमन्त्रणका लागि एमाले अध्यक्ष ओलीलाइ टेलिफोन सम्पर्क गर्दा ओलीले आफु झापा रहेका कारण उपस्थित हुन नसक्ने  जनाउ सहित महासचिव शंकर पोखरेललाई पठाउने  भएको   छ ।

त्यसोत एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्डले पनि आफु नगइ स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो ।

त्यस्तै यसअघि राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले सम्मेलन महाधिवेशनमा रुपान्तरण गरेसँगै उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनभयो ।