शनिबार, बैशाख ८, २०८१

महिला, दलित र आदिवासी जनजाति तर्फ देउवाका २ र कोइरालाका एक उम्मेदवार सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं पुस २,
नेपाली कांग्रेस १४औं महाधिवेशन अन्र्तगत विहिवार भएको मतगणना पछि काँग्रेस केन्द्रीय निर्वाचन समितिले आरक्षण समूहका सहमहामन्त्री पद क्रमस महिला, दलित र आदिवासी जनजाति तर्फको विजेताको नाम घोषणा गरेको छ।

समितिका अनुसार महिलातर्फको सहमहामन्त्रीमा देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ ले निकटम प्रतिस्पर्धी कोइराला प्यानलकी कमला पन्तलाइ पराजित गरेकी छिन । ‘डिना’ २,५३३ मत ल्याएर महिलातर्फको सहमहामन्त्रीमा विजयी घोषि हुँदै गर्दा प्रतिस्पर्धी पन्तले २,१०५ मत पप्त गरेको निर्वाचन समितिले  जनाएको छ।

यसैगरी दलित आरक्षण् समूहको सहमहामन्त्रीमा कोइराला प्यानलबाट जीवन परिवार निर्वाचित भएका छन । परियारले २,२१२ मत ल्याएर विजयी घोषित हुँदै गर्दा उनका निकटतम प्रतिस्पर्धी देउवा प्यानलका मानबहादुर विश्वकर्माले २,१७५ र स्वतन्त्र उम्मेदवार गङ्गा सुनारले २२९ मत प्राप्त गरेका छन ।

त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा देउवा प्यानलबाट भीष्मराज आङ्देम्बेले २,७११ मतका साथ विजयी हुँदै गर्दा भए । उनका निकटतम प्रतिस्पर्धी कोइराला प्यानलका विकास लामाले १,९१३ मत प्राप्त गरेको जानकारी निर्वाचन सlमतिले दिएको छ। काँग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था अनुरुप अव बाँकी ५ सहमहामन्त्रीको को मत गणना आज हुँने भएको छ।