बिहिबार, चैत्र १५, २०८०

महामन्त्रीमा पराजित भएसंगै सरकारका रक्षामन्त्री समेत रहेका डा. रिजालले दिए राजीनामा

काठमाडौं पुस १,
नेपाली कांग्रेसका १४ औं महाधिवेशन मार्फत पार्टीको महामन्त्री पदमापारजित भएसंगै नेपाल सरकारका रक्षा मन्त्री समेत रहेका डा मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ ।रक्षमन्त्री रिजालले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिनुभएको हो ।

मन्त्री रिजालको राजीनामा पत्रमा काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएको विषयलाइ हृदयंगम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको निष्कर्ष सहित रक्षामन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरिएको गर्नुको अलावा मन्त्रीको जिम्मेवारीमा रहेर राष्ट्रको सेवा गर्ने अवसर दिएको भन्दै धन्यवाद समेत दिनुभएको छ ।

आफ्नो राजीनामापत्र प्रम देउवालाइ बुझइसकेपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनमा निकै ठुलो मतान्तरले पराजितभएस।गै यो वा त्यो वहानामा पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको बताउनुभयो ।

यसअघि मत गणनाको अन्तिम नतिजा नआउँदैमा आफुलाइ प्राप्त मतको रेसियो पछिनै सामाजीक सञ्जालमार्फट उहाँले ट्वीट गर्दै नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु। भन्ने मनोभाव व्यक्त गनुभएको थियो ।  स्मरण रहोस, काँग्रेस महामन्त्रीमा डा रिजालले ८०९ मत मात्र प्राप्त गनुभएको थियो भने उहाँकै समूहबाट महामन्त्री निर्वाचित नेता गगन थापाले ३ हजार २३ मत प्राप्त गनुभएको थियो ।