बिहिबार, बैशाख १३, २०८१

महानगरका निर्देशक बोगटी सहित जिम्मेवार ५ अधिकारी विरुद्ध भष्टाचारको मुद्धा

एकतर्फी रुपमा समानान्तर सेवाको मात्र बोलपत्रलाइ मात्र १५ करोड रुपैयाको चलखेलकै कारण स्वीकार गरिएको प्रसंग छताछुल्ल

काठमाडौं मंसिर २९,
अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग अनुसन्धानले काठमाडौं महानगरपालिकाले २७ औ महानगर दिवस मनाइरहदा महानगरका निर्देशक निर्देशक भैरव बहादुर बोगटी सहित ५ जना विरुद्ध गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गर्दै आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

आयोगले महानगरको वडा नं १२, टेकुस्थित भवन निर्माण गर्न ठेक्का नं.३३१८५-०७७-७८-एनसीबीडब्ल्यू-केएमसीका को लागि सार्बजनिक सूचनामार्फत गरिएको बोलपत्र आव्हान अन्र्तगत बिद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मुल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उप निर्देशक बखत बहादुर साउद, उप निर्देशक सुमन अधिकारी, उप निर्देशक बीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीले  आपसी मिलोमतोमा आफु अनुकुलका निर्माण व्यवसायी छनौट गरेको भन्ने उजुरीको छानविनको क्रममा अनियमितता पुष्टि भएसंगै यीनिहरु विरुद्ध मुद्धा दायर गरेको हो ।

आयेगले दायर गरेको मुद्धामा २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदावी गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैवीच समाचार स्रोतका अनुसार महानगरका निर्देशक बोगटी सहितको टिमले गलत लिखत सहित सरकारी कागज सच्चाउँदै ५५ करोड रुपैयाँमा निर्माण हुने महानगरको भवन निर्माणको लागत ७० करोड पुर्याउँदै १५ करोड रुपैया आर्थिक लाभ पाउँने सेटिङ सहितको सहमतिमा समानान्तर निर्माण सेवालाइ दिइएको प्रसंग छताछल्ल हुँदै गर्दा प्रस्तुत प्रकरणमा महानगरका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाइ बयान लिदै उन्मुक्ति दिएको छ ।

त्यस्तै महानगरले भवन निर्माणको बोलपत्रमा ६ वटा कम्पनी क्रमस रविना र श्याम सुन्दर जेभी, शर्मा एण्ड कम्पनी, गौरीपार्वती विकोइ जेभी, कोनटेक र धर्म जेभी, आशिष / लुम्बिनी जेभी / समानान्तर समेत ६ कम्पनीले बोलपत्रमा आवेदन दिएकोमा अन्य कम्पनीको आवेदन कुनै सुनवाइ नगरि एकतर्फी रुपमा समानान्तर सेवाको मात्र बोलपत्रलाइ मात्र १५ करोड रुपैयाको चलखेलकै कारण स्वीकार गरिएको बुझिएको छ।