बुधबार, बैशाख १२, २०८१

मप बैठक राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं पुस ९,
विहिवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मन्त्रालयको प्रस्तावम गरिएको ८ बुँदे निर्णय अन्र्तगत राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभएकोछ ।

त्यसैगरी सरकारले पुस १० गते इशाइ धर्मालम्विहरुको विशेष पर्व  क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय संगै औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ १ बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी  उहाँले जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरणको स्वीकृति दिने सम्बन्धमा बैठकले नितिगत निर्णय गरेको जानकारी दिदै  विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति दिने र हुलाक वस्तुको महसुल दर पुनरवलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा को महसुसल पुनरवलोकन गर्ने निर्णय भएको बताउनुभयो ।