बुधबार, बैशाख १२, २०८१

बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको कौडा खालमा प्रहरीको छापा, १७ लाख सहित दुइ दर्जन पक्राउ

काठमाडौं मंसिर २२,
महानगरीय प्रहरी वृत्त स्वयम्भूले कामपा वडा न १५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा छापा मादार्ने क्रममा भोजपुर अरुण गाउँपालिका घरभएकी ३१ वर्षीया बिनिता परियार लगायत १६ जनालाई मंगलबार राति पक्राउगरेको छ ।

उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा स्वयम्भू प्रहरीले उनीहरुलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जनाउदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।