शुक्रबार, चैत्र १६, २०८०

बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक तथा बाह्य उडानहरु थप्प, मौसममा सुधार हुने अपेक्षा

काठमाडौं पुस १६,
आज विहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानहरु थप्प भएका छन ।
भिजिबिलिटी अत्यन्तै कम भएपछि उडान र अवतरण दुबै बन्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थल प्रशासनका अनुसार आन्तरिक विमान उड्न र अवतरण गर्न दुई किलोमिटर भिजिबिलिटी आवश्यक पर्ने भने अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरणका लागि कम्तीमा २ हजार ८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ तर जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भिजिबिलिटी एक सय मिटरको हाराहारीमा मात्रै रहेको जनाएको छ।

यद्यपी विहानै देखि लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो विस्तारै हट्ने क्रममा रहेको महाशाखाले जनाएको छ।