बिहिबार, बैशाख १३, २०८१

प्रम देउवा प्रचण्डवीच भेटवार्ता सर्वपक्षीय बैठक मार्फत संसदको गतिरोध र एमसीसीको निरुपण गर्ने विषयगत  परामर्श

काठमाडौं पुस २,
प्रधानमन्त्री शेरबहादुदर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रमको सरकारी निवास वालुटारमा भएको भेटवार्ताको क्रममा काँग्रेस महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको बधाइ ज्ञापन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा राजनीतिक दलहरु, नागरिक समाज, संचार जगत र सम्वन्धित विषयका विज्ञसँग सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्री देउवासँग प्रस्ताव गर्नुभएको छ ।

त्यस्तै प्रचण्ड निटस्थ स्रोतका अनुसार उहाँहरुवीच भएको भेटवार्ताको क्रममा एमसीसी संगै संसदमा जारी गतिरोधसंगै नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाडीलाई गरेको कारबाहीका प्रसंगमा समेत महत्वपूर्ण छलफल भएको जनाएको छ । त्यस्तै यावत विषयगत एजेन्दा संगै  आगामी पुस ६ गते बस्ने प्रतिनिधि सभाको बैठक अगावै प्रम देउवाले सर्वदलीय बैठक बोलाउने बताउनुभएको बुझिएको छ।