बिहिबार, बैशाख १३, २०८१

प्रम देउवाले बोलाए सर्वदलीय बैठक,यस्तो छ बैठकका एजेन्दा

काठमाडौं पुस ३ ,
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार अपरान्ह ४ जजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वोलाइएको प्रस्तुत बैठकमार्फत संसद्को गतिरोधको सम्बोधन संगै एमसीसीबारे समेत विशेष छलफल सहित नितिगत निष्कर्षको पहिचान गर्ने तयारी रहेको बुझिएको छ।

शुक्रवार प्रम देउवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको विशेष छलफल सहितको भेटवार्ताको क्रममा प्रस्तावित विषयको सम्बोधनका लागि सर्वदलीय बैठकको आवश्यकताका सवालमा परामर्श भएको थियो ।

सोहि परामर्श मुताविक आइतवारका लागि सर्वदलिय बैठक वोलाइएको र बैठकको निष्कर्ष अनुरुप आगामी पुस ६ गते बस्ने प्रतिनिधि सभाको बैठक सुचारु गर्ने तयारी सरकारेले बनाएको बुझिएकोछ ।