मङ्लबार, बैशाख ११, २०८१

प्रम देउवाको आव्हामा आज सर्वदलीय बैठक बस्दै 

बैठकमा एमालेले के गर्छ ?भन्ने सर्वत्र जिज्ञासा

काठमाडौ पुस ४,
प्रधानमन्त्री शेर बहादुर देउवाले आज अपरान्हका लागि मुलुकको समसामायिक विषय अन्र्तगत संसदको गतिरोध एमसीसी लगायतका विषय केन्द्रीत हुँदै सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सर्वदलीय बैठकका एजेन्दासंग प्रत्यक्ष सरोकार राख्ने प्रमुख प्रतिपक्षीदल नेकपा एमालेको सहभागिताको विषय बैठकका एजेन्दा भन्द पनि महत्वपूर्ण चर्चाको विषय बनेको छ।

प्रम देउवाले बैठक आव्हान गरे यता माधव नेपाल नेतृत्वको दलको उपस्थिती हुने बैठकमा सहभागी हुन नसक्ने सार्वजनिक अभिव्यक्ति एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यसअघिनै दिएपनि एमालेभित्रको अर्को एक तप्काले भने प्रतिपक्षीदलको नाताले पनि मुलुकको समारिक महत्वसंग जोडिएको विषयमा आफ्नो प्रष्ट धारणा राख्नका लागि पनि बैठकमा सहभागी हुनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिइरहेको बुझिएको छ। यद्यपी यसवीचमा नेकपा एमालेले अव के गर्छ भन्ने जिज्ञासा सर्वत्र देखिएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी। जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ । त्यस्तै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई समेत बैठकमा बोलाइएको प्रम सचिवालयले जनाएको छ ।