शनिबार, बैशाख ८, २०८१

प्रन्या जबरालाइ कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्तासाझेदार शिर्ष गठबन्धन नेतृत्वको सुझाव

काठमाडौं मंसिर १६,
सत्तासाझेदार ५ दलीय गठबन्धनले सर्वोच्चमा जारी गतिरोध अन्त्यका लागि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तासाझेदार दलका शिर्ष नेतृत्वको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश जबरा पनि बिरामी परेकाले तत्काल कार्यबाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।

प्रधानन्यायधीश बिरामी भएकाले तत्काल कार्यबाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धन दलको बैकले निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राजमोका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।