बिहिबार, चैत्र १५, २०८०

पार्टीको साधारण सदस्य समेत नरहने गरि विवेकशीलका संयोजक पाण्डे निष्कासित

काठमाडौं पुस ६,
पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै विवेकशील साझा पार्टीको विधान केन्द्रीय समिति निर्णयहरु विपरितका गतिविधि गरेको आरोप सहित उत्त पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरिएको छ ।

पार्टी अध्यक्ष रविन्द्र मिश्रको हस्ताक्षरमा आज जारी विज्ञप्तिमा पाण्डेले केहि समय यतादेखि निरन्तर एवम् क्रमिक रुपमा पार्टीलाई गम्भीर क्षति पुर्‍याउने काम गरेको आरोप सहित पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकको निर्णय अनुसार पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को को अधिकार प्रयोग गर्दै पाण्डेलाई आजकै मितिदेखि लागू हुने गरी निष्कासित गरिएको उल्लेख गरिएको छ।