शुक्रबार, चैत्र १६, २०८०

पछिल्लो २४ घण्टामा २९३ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं पुस ८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २९३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणको क्रममा २४१ र २ हजार ११६ जनाको एन्टिजेन परीक्षणको क्रममा ५२ जना गरि उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको जनाएको हो ।

त्यस्तै यसवीचमा २६३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको जानकारीदिनको अलावा यहि अवधीमा थप २ जना संक्रमितको मृत्यु भएको जनाएकोछ ।