शुक्रबार, चैत्र १६, २०८०

नेपाल नेतृत्वको नेकपा एस र मेहता नेतृत्वको नेकपा जनवादीबीच एकताको घोषणा

काठमाडौ पुस १३,
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र माओवादीबाट टुक्रिएका देवेन्द्रसिंह मेहता नेतृत्वको नेकपा जनवादीपार्टी बीच पार्टी एकीकरण भएको छ। राजधानीमा आज आयोजित पार्टी एकता घोषणा सभामार्फत यी दुइ पार्टीवीच एकताको घोषणा गरिएको हो ।

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए । त्यसलगत्तै आन्तरिक किचलोका कारण एमाले समेत विभाजन भएर नेता नेपालले आफे नेतृत्वमा नेकपा एस पार्टी गठन गरेका थिए ।

 त्यस्तै माओवादीबाट टुक्रिएका देवेन्द्रसिंह मेहताले पनि आफ्नो नेतृत्वमा नेकपा जनवादी गठन गरेको थियो ।