शुक्रबार, बैशाख ७, २०८१

नेपालमा पनि कोभिड संक्रमणको विस्तारित संक्रामक स्वरुप ओमिक्रोन भेरियन्ट भेटियो

काठमाडौँ मंसिर २० ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय विश्वको ४० भन्दा बढि देशलाय आक्रान्त बनाउँदै आएको कोभिड संक्रमणको विस्तारित स्वरुप नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा ७१ वर्षीय र ६६ वर्षीय दुई जनामा पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले सोमबार भर्चुअल पत्रकारसम्मेलन मार्फत दिएको जानकारी अनुसार मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट फेला परेको देशबाट गत मंसिर ३ गते नेपाल भित्रिएका ६६ वर्षीय पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिदा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिदै मंसिर ७ गते उनको नजिकका ७१ वर्षीय व्यक्तिलाई कोभिड सङ्क्रमणको जस्तै लक्षण देखिएपछि मंसिर ७ गते गरिएको पीसीआर परीक्षणको क्रमममा दुवै जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाएको छ।

त्यस्तै मन्त्रालयले पोजेटिभ आएको नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो । साथै संक्रमण् पुष्टि भएका दुवै जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930