बिहिबार, बैशाख १३, २०८१

नवनिर्वाचित कांग्रेस पदाधिकारी र सदस्यलाई शनिबार निर्वाचित प्रमाणपत्र दिने

काठमाडौं पुस ९,
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनमार्फत केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी सहित सवै तह र तप्काका केन्द्रीय सदस्यहरुलाइ शनिबार निर्वाचित प्रमाणपत्र वितरण गर्ने भएको छ। कांग्रेस  केन्द्रीय समितिका लागि महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट १३ पदाधिकारी र १२१ सदस्य गरी १३४ जना निर्वाचित भएका छन ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टी मुख्यालयमा सानेपामा शनिबार ११ वजेका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र दिने कार्यक्रम तय भएको जानकारी दिएका हो । त्यस्तै शनिबार नै नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक समेत बस्ने भएको छ।