शुक्रबार, बैशाख १४, २०८१

देशभर ५ हजार २२५ जनामा कोभिडको सक्रिय संक्रमण

काठमाडौ पुस ५,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वितेको २४ घण्टामा २२० जनामा कोभिड भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ७२५ जनाको पीसीआर परीक्षणको क्रममा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि मन्त्रालयले जनाएको हो ।

साथै यसवीचमा थप १ जना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना संक्रमित उपचार पछि संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै देशभर हालसम्म ५ हजार २२५ जना सक्रिय सङ्क्रमित रहेको जनाउदै मन्त्रालयले पछिल्लो २४ घण्टामा ८६ हजार ५९३ जनाले कोरोनाविरुद्धको खोप लगाएको जानार िदिएको छन् ।