बुधबार, बैशाख १२, २०८१

देशभर सक्रिय कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८

उपत्यकामा १ सय ५१ सहित २६० जनामा कोभिड संक्रमण

काठमाडौं पुस ९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएकोछ । ८ हजार ६० जनाको पीसीआर परीक्षणको क्रममा २३७ जना र ३ हजार ८३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरि कुल २६० जनामा संक्रमण पुष्टि भएको    हो ।

त्यस्तै यसवीचमा ३४९ जना संक्रमित कोभिड मुक्त भएका छन भने यसह अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८२ पुगेको छ ।

साथै पछिल्लो समय ३ लाख २९ हजार ३७१ जनाले कोभिड विरुद्धको खोप लगाएको जानकारी दिदै हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८ रहेको जनाएको छ।

साथै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौँ उपत्यका अन्र्तगत काठमाडौँमा १०६ जना, भक्तपुरमा १० जना र ललितपुरमा ३५ जना गरि कुल१ सय ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको समेत मन्त्रालयले जनाएकोछ ।