मङ्लबार, बैशाख ११, २०८१

देशभर आंशिक बदलीसंगै मुलुकका धेरै स्थानहरूमा बाक्लो हुस्सु -कुहिरो

काठमाडौंपुस १६ ,

जल तथा मौसम पूर्वानुमान महासाखाले पछिल्लो समय मौसमी प्रणाीलमा देखिएको उतारचढावसंगै देशभर आंशिक बदली हुने र मुलुकका धेरैस्थानहरूमा हुस्सु कुहिरो कारण जनजीवन कष्टककर बन्ने संभावना औल्याएको छ । त्यस्तै बाक्लो हुस्सुका कारण देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान ठप्प भएको छ । हुस्सुका कारण विहान ६ बजेको तालिका अनुसारनै अन्तराष्ट्रिय उडान हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

मंगलबारदेखि मौसम वदलीका कारण चिसो बढेसँगै हवाइ उडान पनि प्रभावित हुँदै आएको छ । त्यस्तै महासाखाले यसवीचमा जारी आगामी तीन दिनको मौसम बुलेटिनमा समेत देशभर वर्षा बदलीसंगै हिमपातको संभावना अधिक रहेको जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान : 

२०७८ पौष १६ गते (शुक्रबार) ;   दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ पौष १७ गते (शनिबार) :  दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।

२०७८ पौष १८ गते (आईतबार): दिउँसो : देशभर आंशिक बदली रहनेछ
राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।