शनिबार, बैशाख ८, २०८१

थप २ सय ९० जनामा कोभिड संक्रमण पुष्टि,३को मृत्यु

काठमाडौं पुस ६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वितेको २४ घण्टामा थप २ सय ९० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । १२ हजार ४ सय ७३ पीसीआर परीक्षण गरिएकामध्ये २ सय ५२ र ४ हजार ६ सय १६ एन्टीजेनमध्ये ३८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै यसवीचमा २ सय ३२ जना संक्रमित संक्रमणमुक्त भएका भने थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने देशभर ५ हजार २४२ जना कोभिडका सक्रिय संक्रमित रहेको जानकारी दिदै पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८१४ जनाले कोभिडविरुद्धको खोप लगाएको जनाएको छ ।