शुक्रबार, चैत्र १६, २०८०

गुण एयरलाईन्सका प्रवक्ता थापा सम्मानित

काठमाडौं पुस १६,
नेपाली हवाई उडड्यन क्षेत्रमा विगत लामो समयदेखि निरन्तररूपमा महत्वपूर्ण योगदान गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले गुण एयरलाईन्सका प्रवक्ता प्रज्वल थापालाई सम्मानित गर्नुभएको छ ।

सिजन मिडियाद्वारा राजधानीमा आयोजना गरिएको “मिस एयरहोस्टेज २०२१” ५औं संस्करण अन्र्तगतको कार्यक्रमममा प्रवक्ता थापा लगायतका हवाइकर्मीहरुलाइ सम्मान गरिएको हो ।

त्यस्तै सम्मानित हुने अन्य विशेष व्यक्तिहरुमा वरिष्ठ क्याप्टेन दधिराम निरौला, सीता एयरका कुशल व्यवस्थापक घनश्यामराज आचार्य, बुद्ध एयरका खगेन्द्र बस्नेत, क्याप्टेन विवेक खड्का, पूर्व विमानचारिका रेनु राई, सुवास बस्नेत, पत्रकार अच्युत पुरी, अग्नी नियन्त्रक सुनिता सिवाकोटी लगायतका रहेका छन ।

मिस एयरहोस्टेज २०२१” ५औं संस्करणमा गोरखाकी १९ वर्षीया प्रिस्किला गुरुङले “मिस एयरहोस्टेज २०२१” ताज चुम्न सफल हुनुभएको थियो ।