शुक्रबार, चैत्र १६, २०८०

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ५७ देशमा फैलिए

काठमाडौं मंसिर २२ ,
कोभिड संक्रमणको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ५७ देशमा फैलिएसंगै विश्व स्वास्थ्य सङ्गठनले अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्ने चेतावनी सहित सर्तक हुँन आग्रह गरेको छ।

डब्लूएचओले, डेल्टा भेरियन्ट भन्दा कम वा बढी घातक जे भए पनि अब, अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्ने र त्यसो हुँदा सङ्क्रमित बढ्ने र मृत्यु हुनेको सङ्ख्या पनि बढ्न सक्ने आंकल सहित ओमिक्रोन भेरियन्ट कति धेरै सङ्क्रामक र घातक छ भन्ने कुराको अध्ययन रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

यस्तै यो भेरियन्टविरुद्ध खोपले कति काम गर्छ र एक पटक सङ्क्रमित भइसकेकाहरूमा सङ्क्रमण गर्छ या गर्दैन भन्ने कुराको पनि स्पष्ट जानकारी आउन बाँकी रहेको जनाउदै सुरुमा दक्षिण अफ्रिकामा देखिउको ओमिक्रोन भेरियन्टको संक्रमणको रफ्तार एक सातामै दोब्बरले बढेर डिसेम्बर ५ मा ६२ हजार पुगेको उल्लेख गरिएको छ।

यसैवीच नेपालमा पनि ओमिक्रोनको संक्रमण भेटिएसंगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । गृहमन्त्रालयका प्रवक्ताका अनुसार कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर जारी गरिसकेको जानकारी गरिसकेको जनाएका छन ।