शुक्रबार, बैशाख ७, २०८१

कोइरालालाई समर्थन गर्ने जनाउ सहित न्यौपानेले गरे आफ्नो उम्मेदवारी फिर्ता

काठमाडौ मंसिर २६,
नेपाली काँग्रेसको राजधानीमा जारी १४ औं महाधिवेशन अन्र्तगत शनिवार भएको उम्मेदवारी दर्ताको नामावली फिर्ता लिन लागि आइतवार साढे १२ बजेसम्म दिएको समयावधिमा उम्मेदवारी दर्ता गराएका मध्ये दुइ पदाधिकारी सहति  ५८ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । यसरी आफ्नो उम्मेदवारी फिर्ता लिनेमा सभापतिका उम्मेदवार युवराज न्यौपाने अर्का सभापतिका उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्ने जनाउ सहित आफ्नो उम्मेदवारी फिर्ता लिएको हो । त्यस्तै सहमहामन्त्री थारु आरक्षण कोटाका उम्मेदवार सुरेन्द्र चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेको छन । त्यस्तै थप ५४ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेको निर्वाचन समितिले जानकारी दिएको छ।

शनिबार मनोनयन दर्ताको क्रममा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको थियो । आइतवारको उम्मेदवारी फिर्तासंगै अव काँग्रेस महाधिवेशनमा सभापतिका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवागरि ५ जना वीच प्रतिस्पर्धामा हुने भएको छ।

त्यस्तै २ उपसभापति पदका लागि ७ जना क्रमस महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै  २ महामन्त्री पदका लागि ६ जना उम्मेदवार क्रमस गगन  थापा, डा.मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा.राजाराम कार्की, प्रदीप पौडेल र डा. प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराएका छन ।