बिहिबार, चैत्र १५, २०८०

कांग्रेस महाधिवेशन: २२ सयभन्दा बढी मत खस्यो , मतदानको समयसिमा राती ९ बजे सम्म थपियो

काठमाडौं मंसिर २७ ,
कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत आज नयाँ नेतृत्वको लागि हुँदै गरेको निर्वाचनकोे पछिल्लो अपडेट अनुसार साँझ ५ बजेसम्म ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि मध्ये २२ सयभन्दा बढी मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

त्यस्तै समितिले प्राप्त पछिल्लो अपडेट अनुसार यसअघि बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका तय गरे पनि मतदान करिव ३ घण्टा भन्दा ढिलो शुरु भएका कारण मतदानको लागि राती ९ बजे सम्मका लागि थप समय निर्धारण गरिएको जनाएको छ।

यद्यपी नयाँ नेतृत्वको लागि हुँदै गरेको निर्वाचनमा एकैपटक धेरैले मतदान गर्ने सकोस भन्ने लक्षय अनुरुप राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलको ३ स्थानमा व्यवस्था गरिएको मतदान केन्द्रको १ हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था निर्वाचन समितिले मिलाएको छ।