बिहिबार, चैत्र १५, २०८०

कांग्रेस महाधिवेशन : महामन्त्री पदको मतगणना गर्ने तयारी हुँदै

काठमाडौं पुस १,
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना सकिएसंगै अव महामन्त्री पदको मतगणना गर्ने तयारी निर्वाचन समितिले गरेको छ । समितिका अनुसार प्रस्तुत पदको मतगणना विहान १०: ४५ बजेबाट शुरु हुने जनाएको छ ।

काँग्रेस महामन्त्रीको लागि देउवा समूहबाट डा .प्रकाशशरण महत, प्रदीप पौडेल र त्यतै गरि कोइराला समूहकाट गगन थापा, डा. मीनेन्द्र रिजाल र प्रकाशमान समूहबाट विश्वप्रकाश शर्मासंगै निधी समूहबाट डा. राजाराम कार्की उम्मेदवार रहेका छन ।

घोषित सार्वजनिक मतपरिणाम अनुसार संस्थापन समूहको तपर्फबाट सभापति देउवा र उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्का निर्वाचित भइसकेका छन भने कोइराला समूहबाट धनराज गुरुङ निर्वाचित भइसकेका छन ।