शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना सम्पन्न,  केन्द्रीय पदाधिकारीमा देउवा प्यानलको वर्चश्व

काठमाडौं पुस २,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट पदाधिकारीको मतगणना सकिएको छ । आज भएको आरक्षण् समूह अन्र्तगतका मत मतगणना सकिएसंगै काँग्रेस केन्द्रीय पदाधिकारीको  मत गणना सम्पन्न भएको छ।  अव केन्द्रीय सदस्यहरुको मतगणना शुरु हुने भएको छ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले मतगणनामार्फत ८ सहमहामन्त्री मध्ये देउवा प्यानलबाट क्रमस महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना , मधेसी समूहको सहमहामन्त्रीमा महेन्द्र यादव, खसआर्य समूहको सहमहामन्त्रीमा किशोरसिंह राठौर, थारु समूहको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमसमूहको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन भने कोइराला समूहबाट पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा बद्री पाण्डे र दलितकोटाबाट जीवन परियार निर्वाचित भएका छन ।

त्यस्तै यसअघि देउवा प्यानलबाट सभापतिमा स्वयम देउवा सहित उपसभापतिमा पूर्णबहादुर खड्का निर्वाचित भइसकेका छन भने अर्का सभापतिमा कोइराला प्यानलका धनराज गुरुङ र महामन्त्रीमा कोइराला वा नेता गगन थापा निर्वाचित भएका छन । प्रकाशमान सिंह समूहबाट विश्व विश्वप्रकाश शर्मा निर्वाचित भएका छन ।

काँग्रेस पदाधिकारीमा निर्वाचित संरचना हेर्ने हो भने निर्वाचित १३ सदस्यीय पदाधिकारीमा सभापति उपसभापति र ६ सहमहामन्त्री सहित देउवा प्यानलबाट ८ जना निर्वाचित भएका छन भने कोइराला समूहबाट एक उपसभापति एक महामन्त्री र २ सहमहामन्त्री सहित ४ जना र सिंह समूहबाट एक महामन्त्री निर्वाचित भएका छन ।कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुने व्यवस्था छ।

यद्यपी पछिल्लो समय सभापतिका लागि भएको दोसो चरणको निर्वाचनमा प्रकाशमान सिंह समूहले देउवा प्यानललाइनै सहयोग गरेका कारण यस समूहबाट  निर्वाचित महामन्त्री समेत सोहि समूहको कित्तामा रहने काँग्रेसजनहरुले जनाएका छन ।