बिहिबार, बैशाख १३, २०८१

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वको लागि ६ जना सभापति सहित दर्जनौ उम्मेदवारको मनोनयन दर्ता

काठमाडौ मंसिर २५ ,
नेपाली कांग्रेसको राजधानीमा जारी १४औँ महाधिवेशन अन्र्तगत आज पार्टीको नयाँ नेतृत्वको लागि उम्मेदवारी मनोयनको क्रममा पार्टी सभापतिका लागि ६ जना उम्मेदवारहरु क्रमस शेरवहादुर देउवा विमलेन्द्र निधि , शेखर कोइराला , प्रकाशमान सिंह, कल्याण श्रेष्ठ र युवराज न्यौपाने आ आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै पार्टी उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी महामन्त्री पदका लागि डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीले उम्मेदवारी दिनुभएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये १ सभापति, र्२ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि हुने निर्वाचनमा सभापतिमा ६ जना उपसभापतिमा ७ जना महामन्त्रीम ६ जना, सहमामन्त्रीमा २० जना उम्मेदवारी मनोनयन परेको छ ।

त्यस्तै ३५ खुला केन्द्रीय सदस्यका लागि हुने निर्वाचनमा ११० जनाको उम्मेदवारीका साथै प्रदेश तर्फ प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुँने २१ केन्द्रीय सदस्यको लागि प्रदेश १ बाट १३, प्रदेश २ बाट ५ , लुम्बिनी प्रदेशबाट ११, गण्डकी प्रदेशबाट ६, कर्णालीप्रदेशबाट छ, सुदूरपश्चिम प्रदेशबाट १२ र वाग्मती प्रदेशबाट ९ जना गरि कुल ६२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । ९ जना महिला सदस्यको लागि ३१ जनाको उम्मेदवारी परेको छ । ,

त्यस्तै १ पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको लागि २ जनाको उम्मेदवारी , १अपाङ्गताबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि १७ जनाको उम्मेदवारी , अल्पसङ्ख्यकमा ६जनाको , मुस्लिम आरक्षण कोटामा १६जनाको थारु समुदायबाट १४ जनाको , मधेशी कोटाम ३२जनाको दलितकोटामा ३९जनाको , खसआर्यतर्फ ८३ जनाको , आदिवासी जनजाति क्लष्टरबाट ८७ जनाको उम्मेदवारी परेको निर्वाचन समतिले जनाएको छ ।

स्मरण रहोस काँग्रेसको विधानमा ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी ९ थारु ४ , मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्गताबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचित हुने व्यवस्थासंगै निर्वाचित सभापतिले ३३ जना मनोनित गर्ने व्यवस्था रहेको छ ।