बिहिबार, बैशाख १३, २०८१

कांग्रेस महाधिवेशन :उपसभापति पदको मतगणना हुँदै, त्यसपछि मात्र अन्य पदको मतगणना हुने

काठमाडौं मंसिर २९,
काँग्रेस केन्द्रीय निर्वाचन समितिले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने जनाएको छ । पार्टी मुख्यालयमा आज अपरान्ह देखि मतगणना हुने जानकारी दिएको हो । उपसभापति पदको मतगणना सकिएसंगै महामन्त्री र सहमहामन्त्री र त्यसपछि मात्र केन्द्रीय सदस्यको मतगणना हुने जानकारी दिएका छन ।

काँग्रेस उपसभापति पदका लागि उपसभापतिमा डा चन्द्र भण्डारी, सुजाता कोइराला, धनराज गुरुङ्ग, पूर्णबहादुर खड्का, महेश आचार्य, दिव्येश्वरी शाह र विजयकुमार गच्छदार चुनावी मैदानमा उत्रेका थिए । यी ७ उम्मेदवार मध्ये दुई जना निर्वाचित हुनेछन् ।