बिहिबार, बैशाख १३, २०८१

कांग्रेस महाधिवेशन: आरक्षण समूहका ३ सहमहामन्त्री पदको मतगणना सुरू

काठमाडौं पुस १,

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनासकिएसंगै पार्टी मुख्यालयमा ८ सहमहामन्त्री मध्ये ३ सहमहामन्त्री पदको मतगणना सुरू भएको छ । मतगणना सुरू गरिएका आरक्षण समूहका सहमहामन्त्री पद क्रमस महिला, दलित र आदिवासी जनजाति रहेको निर्वाचन समितिले जनाएको छ ।

महिला आरक्षण् समूहमा देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र कोइराला प्यानलबाट कमला पन्त चुनावी प्रतिस्पर्धामा हुनुहन्छ भने दलित आरक्षण् समूहको सहमहामन्त्रीमा देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार रहेका छन । त्यस्तै यस समूहमा गंगा सुनारले समेत स्वतन्त्र उम्मेदवारी दिएकी छिन ।

त्यस्तै आदिवासी जनजाति तर्फ सहमहामन्त्रीमा देउवा प्यानलबाट भीष्मराज आङ्देम्बेकोइराला प्यानलबाट विकास लामा उम्मेदवार रहेका छन । निर्वाचन समितिका अनुसार बाँकी ५ सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुने जनाएकोछ ।