बिहिबार, बैशाख १३, २०८१

कांग्रेस महाधिवेशन: अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन समिति

काठमाडौं पुस ८,
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज अवेर साँझ सम्ममा निर्वाचनको अन्तिम मतगणना परिणाम सार्वजनिक गर्ने लक्ष्य अनुरुप काँग्रेस केन्द्रीय निर्वाचन समितिले बाँकी सबै क्लष्टरको मतगणनाको कार्यलाइ तिव्रता दिएको छ। निर्वाचन समितिका अनुसार यो समाचार तयार पार्दको समय सम्ममा आदिवासी जनजाति तर्फका ८ केन्द्रीय सदस्यका लागि भएको मतदानमा ४हजार ५५७ मत गणना सकिसकेको जनाएको छ । यसवीचमा चिनकाजी श्रेष्ठले २हजार १६७ मत सहित अग्रता कायम नै रहेको बुझिएको छ।

त्यस्तै बाँकी उम्मेदवारहरुमा उमेश श्रेष्ठ १९८६, बहादुरसिंह लामा १९५९, दिलमान पाख्रीन १८३७, टेक बहादुर गुरुङ १७८२, तारामान गुरुङ १७१५, आङ्गेलु शेर्पा १७७७, टेकप्रसाद गुरुङ १५७७, जीतनारायण श्रेष्ठ १५०४, महादेव गुरुङ १३१५ र ओमबहादुर घर्ती १२५६ मत प्राप्त गरेको बुझिएको छ।

त्यस्तै खस आर्य खुल्लातर्फको ७ केन्द्रीय सदस्यको लागि ४ हजार ४२५ मत गन्दा केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह मधु आचार्य ,भीम पराजुली श्यामकुमार घिमिरे नारायणबहादुर कार्की र गेहेन्द्र गिरी अग्रहस्थानमा रहेको बुझिएको छ।

त्यस्तै आदिवासी जनजाति महिला तर्फ सिता गुरुङ ४५०८ मतगणना हुँदा उनले अन्जनी श्रेष्ठ, सरस्वती वजीमय, , गंगा लक्ष्मी, माया राई, सीता राना, सुशीला थिङ उषा गुरुङ अग्रस्थनमा रहेको निर्वाचन समितिले जनाएको छ।