शुक्रबार, बैशाख ७, २०८१

कांग्रेस केन्द्रीय महाधिवेशन : आज नयाँ नेतृत्वको लागि दिनभर मतदान हुँदै

काठमाडौ मंसिर २७ ,
नेपाली कांग्रेसको राजधानीमा जारी १४औं केन्द्रीय महाधिवेशन मार्फत आज नयाँ नेतृत्वको केन्द्रीय समिति चयनका लागि दिनभर मतदान हुँदैछ गत शुक्रबारबाट भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनमा आइतवार उम्मेदवारको अन्तिम नामालवी प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानको कार्यतालिका निर्धारण गरिएको हो ।

नयाँ नेतृत्वको लागि सभापतिसहित १३२ पदका लागि ४९१ जना चुनावी मैदानमा रहदे गर्दा प्रदेश २ बाट दुई केन्द्रीय सदस्यका लागि आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल भने आइतवारनै निर्विरोध निर्वाचित भइसकेका छन ।

तथापी बाँी पदका लागि भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँबाट काँग्रेसका ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्थापन मिलाइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन सुमिति ककाअनुसार नयाँ नेतृत्वको लागि निर्वाचित हुने १ सभापतिका लागि ५ जना, दुई जना उपसभापतिका लागि ७ जना, २ जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । आजको निर्वाचन सम्पन्न भए लगत्तै सभापति पदको मतगणना हुनेछ । पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा निर्वाचन हुने काँग्रेसको विधानत व्यवस्था रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930