बुधबार, बैशाख १२, २०८१

कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकढिक्का भएर हिड्नुको विकल्प छैन:  सभापति देउवा

काठमाडौ पुस १०,
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व गर्दै पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

आफू यो वा त्यो समूहको मात्र नभइ सिङ्गो कांग्रेसीहरुको सभापति भएकाले बताउदै अवको कार्यकालमा सोही अनुसार अघि बढ्ने बताउनुभएको छ।

त्यस्तै उहाँले पार्टीको सम्पन्न् १४ औ महाधिवेशनबाट विधानत व्यवस्था अनुरुप समावेशी संरचना सहितको कार्य समिति निर्वाचित भएको बताउँदै निर्वाचनका क्रममा भए गरेका तितामिठा कुराहरुलाई बिर्सेर आगामी निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकढिक्का भएर अघि हिड्नुको विकल्प नभएकोमा जोड दिदै निर्वाचित सवै पदाधिकारी र सदस्यहरुलाइ अवको काँग्रेस सिङ्गो काँग्रेस भएर अगाडि बढ्न समेत आग्रह गर्नुभएको छ।