शनिबार, बैशाख ८, २०८१

कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं मंसिर २२,
काँग्रेस केन्द्रीय निर्वाचन समतिलेले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको नामावली सूचीमा ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली रहेको छ ।

त्यस्तै प्रस्तुत नामावली सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश नभएको जनाउदै योसंगै अर्को आधिकारिक सूची मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सूची हेर्न यहाँँ क्लिक गर्नुहोला ।