बिहिबार, बैशाख १३, २०८१

कांग्रेसका महाधिवेशन : महामन्त्री पदमा पार्टीका दुई युवा नेताहरु थापा र शर्मा निर्वाचित

काठमाडौं मंसिर २९,
नेपाली कांग्रेसका १४ औं महाधिवेशन मार्फत पार्टीको महामन्त्री पदमा दुई युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार महामन्त्रीमा निर्वाचित कोइराला समूहका तर्फबाट उम्मेदवार रहेको युवा नेता थापले ३ हजार २३ मत प्राप्त गरेका छन भने अर्का महामन्त्रीका सिहं समूहका  उम्मेदवार शर्माले १हजार९८४ मत प्राप्त  गरेका छन ।

त्यस्तै देउवा समूहबाट डा .प्रकाशशरण महत, प्रदीप पौडेलले भने क्रमस १ हजार ४५६ र  १ हजार ४०९ मत प्राप्त गरेका छन । त्यस्तै कोइराला समूहका डा मीनेन्द्र रिजालले ८०९ मत मात्र प्राप्त गरेका छन त्यस्तै निधि समूहबाट महामन्त्रीका लागि प्रत्याशी उम्मेदवार डा. राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन । यद्यपी केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गर्दै गरेको जनाएको छ ।

महामन्त्रीमा निर्वाचित यी दुवै नेतामध्ये थापाले समुन्नत नेपाल सम्मानित नेपालीको अवधारण कार्यान्वयन गर्ने बताएका छन भने शर्माले हिजो राजनैतिक परिवर्तन अव राजैनितिमा परिवर्तनको अवधारणा कार्यान्वयनमा ल्याउँने बताएका छन ।