शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस सभापतिका लागि देउवा र डा कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने

काठमाडौं मंसिर २८,
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वको लागि सोमवार भएको निर्वाचनमा पार्टी सभापतिको लागि कुनैपनि उम्मेदवारको पक्षमा बशुमत नपुगेसंगै सवै भन्दा बढि मत प्राप्त गर्ने शेरवहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सोमवार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार रहेको देउवाले अन्य उम्मेदवारको दाँजामो बडि मत प्राप्त गर्नु भएपनि ५१ प्रतिशत कटाउन नसक्दा फेरि दोस्रो चरणको मतदान हुने भएको हो ।

भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाउनुभए पनि बहुमत पुर्याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नुपर्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५१ प्रतिशत मत   ल्याउनुपर्छ ।

निर्वाचन समितिले पहिलो चरणको निर्वाचमा खसेको ४ हजार ६७९ मत मध्ये निर्वाचित हुन २ हजार ३४० मत आवश्यक रहेकोमा देउवाले २हजार२५८ मत प्राप्त गर्दै गर्दा उहाँका प्रतिस्प्रर्धी  कोइरालाले १७२९ मत प्राप्त भएको छ ।

यसवीचमा बाँकी सभापतिका प्रतिस्प्रर्धीत्रय प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधि २४९, कल्याण गुरुङले प्राप्त गरेको २० मत समेत अव हुने दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रतिस्प्रर्धी कोइरालाको पक्षमा जाने हो भने डा कोइराला  २ हजार ३६९   स्पष्ट बहुमतका साथ सहजै निर्वाचित हुने छ । तर स्थिती त्यती सहज नभएको काँग्रेस जनहरु बताउछन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930