बुधबार, बैशाख १२, २०८१

काँग्रेस सभापतिका लागि आज दिउँसो ३:३० देखि दोस्रो चरणको मतदान हुँने

काठमाडौं मंसिर २८,
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वको लागि सोमवार भएको निर्वाचनमा पार्टी सभापतिको लागि प्राप्त मत परिणाम अनुरुप सभापतिका उम्म्मेदवार रहेको कुनै पनि उम्मेदवारको पक्षमा काँग्रेसको विधान अनुसार ५१ प्रतिशत मत नपुगेसंगै आज दिउँसो ३ ३० बजे देखि साँझ ७स्३० सम्मको समय सिमामा दोस्रो चरणको निर्वाचन हुने भएको छ।

काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान मार्फत यसको निरुपण गर्ने तयारी भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

काँग्रेस सभापतिका लागि देउवा र डा कोइरालाबीच हुने दोस्रो चरणको प्रतिस्पर्धाको क्रममा बाँकी सभापति त्रयका उम्मेदवारले प्राप्त् गरेको मत आफ्नो पक्षमा पार्न सभापतिका उम्मेदवार देउवा र कोइराला दुवै रणनितिक रुपमा लागि परेको बुझिएको छ।