बिहिबार, चैत्र १५, २०८०

काँग्रेस महिला खुला केन्द्रीय सदस्यमा देउवा प्यानलको वर्चश्व

मुस्लिम, थारु, मधेशी, प्रदेश १ र बागमती प्रदेशको मतगणना हुँदै

काठमाडौं पुस ६,
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा । डिला संग्रौलाले सबैभन्दा धेरै मत सहित निर्वाचित भएकी छन् । निर्वाचित संग्रौलाले २ हजार ८८५ मत पाएकी हुन् । त्यस्तै दोस्रो स्थानमा दुई हजार ७१८ मत सहित पुष्पा भुषाल निर्वाचित भएकी छिन भने आरजू देउवा राणाले २ हजार ५३६ मत पाउँद निर्वाचित बन्दै गर्दा अम्बिका बस्नेत २ हजार ३३९ मत सहित निर्वाचित भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएकोछ ।

त्यस्तै अन्य निर्वाचित महिला खुला सदस्यमा इश्वरी न्यौपानेले २ हजार २५९, सरिता प्रसाईंले २ हजार ९६, रमा कोइराला पौडेलले १ हजार ८५८, सुशीला ढकाल आचार्यले १ हजार ८०४ र रंगमती शाहीले १ हजार ७८९ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

सार्वजनिक मत परिणाम अनुसार यस समूहबाट ९ जना महिला सदस्यमध्ये देउवा प्यानलको तर्फबाट ८ जना र कोइराला समूहबाट सरिता प्रसाईं १ जना निर्वाचित भएका छन ।

यसैवीच कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला अल्पसंख्यक केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी भएका छन् । पाँच प्रतिस्पर्धीमध्ये सुनुवारले २१ सय ७१ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

 त्यस्तै अवको चरणमा मुस्लिम, थारु, मधेशी, प्रदेश १ र बागमती प्रदेशको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । त्यसपछि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मतगणना हुने छ । मतगणना सकिन अझै दुई वा तीन दिन लाग्ने निर्वाचन समतिले जनाएके छ ।