बुधबार, बैशाख १२, २०८१

काँग्रेस महाधिवेशन : ३५ खुला केन्द्रीय सदस्यमा निर्वाचित हुने सदस्यको यस्तो छ सूची

काठमाडौं पुस ४,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ३५ जना खुला सदस्यको निर्वाचित सूची सार्वजनिक भएको छ । यद्यपी काँग्रेस केन्द्रीय निर्वाच समितिले  मतगणना सकिएपनि उम्मेदवारले प्राप्त गरेको अन्तिम भोट रुजु गरेर परिणाम सार्वजनिक गर्ने हुँदै गरेको जनाएको छ।

३५ सदस्यको लागि ९९ जना उम्मेदवार चुनावीमैदानमा रहेको यस समूहको शनिबार देखि सुरु भएको मतगणनाको क्रममा प्राप्त मतपरिणाम अनुसार शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । त्यसपछि एनपी साउद ,बालकृष्ण खाण ,उदय शमशेर राणा,रामहरि खतिवडा, रमेश लेखक,ज्ञानेन्द्रबहादुर कार्की ,शंकर भण्डारी,जिप छिरिङ लामा, अजुर्न नरसिंह केसी,गोपालमान श्रेष्ठ ,जित जंग बस्नेत ,नैन सिंह महर, सुनिल बहादुर थापा, डा राम शरण महत, दिलेन्द्र प्रसाद बडु ,मोहन बहादुर बस्नेत ,बलबहादुर केसी,गोविन्द भट्टराई, कुन्दनराज काफ्ले दिपक गिरी, सुरेन्द्र राज पाण्डे ,पद्म नारायण चौधरी, गुरु बराल, राजिव ढुंगाना, सञ्जय कुमार गौतम ,प्राडा गोविन्द राज पोखरेल,दिनेश कोइराला ,मदन बहादुर अमात्य,अजयबाबु शिवाकोटी ,उमेशजंग रायमाझी ,गणेश लामा ,कृष्ण किशोर घिमिरे ,डा गोपाल दहित ,ई मोहन आचार्य निर्वाचित हुने सूचीमा रहेका छन ।

केन्द्रीय सदस्यमा निर्वाचित सदस्यमध्ये देउवा प्यानल :    सदस्यहरुमा गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, सुनील थापा, उदयशमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी छन । देउवा समूहकै मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य रहेका छन ।

डा. शेखर कोइराला प्यानलबाट अर्जुननरसिंह केसी, डा रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र प्रसाद बडु, दिपक गिरी, डा.गोविन्द पोखरेल, सञ्जय गौतम, अजयबाबु सिवाकोटी र दिनेश कोइराला गरी ९ जना रहेका छन ।

काँग्रेस केन्द्रीय समितिमा खुला समूहबाट निर्वाचित ३५ सदस्यमध्ये कसको कति मत?