शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस महाधिवेशन प्रदेश न २ को सभापतिमा यादव निर्वाचित

काठमाडौं पुस ९,
नेपाली काँग्रेस १४ महाधिवेशन अन्तर्गत प्रदेश न २ को सभापतिमा   देउवा पक्षका उम्मेदवार कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ ।  बिहीबार अबेर राती सम्पन्न भएको मतगणनामा ९ सय ९६ मत प्राप्त गरी यादव सभापतिमा विजयी हुँदै गर्दा उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले भने ८ सय ५५ मत प्राप्त गर्नु भएको निर्वाचन समतिले जनाएको छ। त्यस्तै बाँकी उम्मेदवारहरुको मत गणना भइरहेको जनाउदै समितिले आज साँझ  सम्ममा सवै मत परिणाम सार्वजनिक हुने जनाएको छ।

   नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने विवादका कारण रोकिएको थियो । जसअन्तर्गत बिहीबार  मतदान भएको थियो । कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930