शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस महाधिवेशनमा ३ मतदान केन्द्रको ११ सय बुथ मार्फत प्रतिनिधिले नयाँ नेतृत्वको लागि मतदान गर्दै

काठमाडौ मंसिर २७ ,

नेपाली कांग्रेसको राजधानीमा जारी १४औं महाअधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वको लागि हुँदै गरेको निर्वाचनका लागि ३ स्थानमा मतदान केन्द्रको १ हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समतिले जनाएको छ।

मतदाताको सङ्ख्या बढी भएसंगै निर्वाचन समितिले ३ स्थानमा मतदान केन्द्र व्यवस्थापन गरेको हो । त्यस्तै निर्वाचन समितिले अलग अलग व्यवस्थान गरिएको मतदास्थल अन्र्तगत राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय समिति, जनसम्पर्क समिति, भातृ शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्ने व्यवस्था मिलायएको छ भने भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था मिलाइएकोछ ।

त्यस्तै गरि भृकुटीमण्डपको हलमा प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।त्यस्तै निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको जनाउदै यसको लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ ।

त्यस्तै बढ्दो कोभिड–१९ संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९ , प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९ , आदिवासी जनजाती १५, खस९आर्य १३, मधेसी ९ , थारु ४ , मुस्लिम ३ , पिछडिएको क्षेत्रबाट १ , अल्पसङ्ख्यकबाट १, अपाङ्बाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्थासंगै निर्वाचन पछि निर्वाचित सभापतिले थप ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने काँग्रेस विधानमा व्यवस्था रहको छ ।