बिहिबार, बैशाख ६, २०८१

काँग्रेस महाधिवेशनका लागि ६ बुँदे आचार सहिंता जारी, मतदानस्थलमा मोवाइल फोन लान निषेध

यस्तो छ महाधिवेशनको संसोधित कार्यतालिका  

काठमाडौं मंसिर २२ ,
मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न् हुँने नेपाली काँग्रेसको १४ औं महाधिवेशनको पछिल्लो संसोधित ९ बुँदे कार्यतालिका संगै ६ बुँदे निर्वाचन आचार सहिंता समेत जारी गरिएको छ । संसोधित कार्यतालिकामा २४ गते कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक उम्मेदवारको मनोनयन दर्ता म।सिर ५ गते विहान १०बजे दिेखि साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएकोछ भने दर्ता भएको मनोनयन उपर दावी विरोधको समय सोहि दिन साँझ ५ देखि ७ बजेसम्मका लागि निर्धारण गरिएकोछ । त्यस्तै दावी विरोध उपरको निर्णय समेत सोहि दिनका वेलुका ७ देखि ९ बजेसम्मको समयसिमा तोकिएको छ ।

त्यस्तै मनोयन दर्ता गरिएका उम्मेदवारहरुको देवनागरिक व्रर्णानुक्रम अनुसा पहिलो नामावली ५ गतेनै वेलुका १२ बजेसम्ममा प्रकाशन गसिक्ने तयारी निर्वाचन समतिले गरेको छ।

त्यस्ते उम्मेदवारको मनोनयन फिर्ता र अन्तिम नामावलीको प्रकाशन मंसिर २६ गते विहान १ बजेभित्र सकने तयारी रहेको जनाउँदै मंसिर २७ गते विहान ८ बजेबाट मतदानको कार्यक्रम तय भएको जानकारी दिएको छ। साथे सभापतिको मतगणना निर्वाचन सके लगत्तै गर्ने तयारी भएको जानकार िसहित निर्वाचनसमितिले यदि सभापतिको निर्वाचन दोस्रो चरणमा गर्नुपर्ने अवस्था सिर्जना भए सोहि दिन लगत्तै निर्वाचनको कार्यक्रम  प्रकाशन  गर्दै तत्काल निर्वाचन गरिने जनाएको छ।

त्यस्तै सभापति वाहेक अन्य पदको मतगणना पार्टी मुख्यालय सानेपामा गरिने जानकारी समेत निर्वाचन समितिले दिएको छ।

यसैवीच समितिले जारी गरेको आचार सहिताम कुनै पनि पदका उम्मेदवारले आफ्नो उम्मेदवारीको प्रचार प्रशारका लागि भिजिटिङ्ग कार्ड अपिलमार्फत गर्न सकनिे जनाउदै प्रचार प्रशारको क्रममा कुनै उम्म्दवार प्रति लक्षित हुँदै चरित्रको हत्या गर्दै प्रचारप्रशार गर्न नपाइने र पार्टी मुख्यालय विपि स्मृति भवन भृकुटी मण्डप र सभागृहको ५सय मिटर भिको आसपासका क्षेत्रमा कुनै पनि निर्वाचनका सामाग्री राख्न र प्रदर्शन गर्न र निर्वाचनको क्रममा मतदान गर्न जाँदा मोवाइल फोन लान निषेध गरिएको गोपालकृष्ण घिमिरे संयोजकको हस्ताक्षरम जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरी बनाइदैछ १४ औं महाधिवेशनको प्रचार प्रसारलाइ ब्यापक : 
यसैवीच महाधिवेशनलाइ भव्य र सव्व्यरुपमा सम्पन्न गर्नका लागि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे ‘१४ औं महाधिवेशन प्रचार प्रसार समिति’ अन्तर्गत विभिन्न जिम्मेवारी १८ जना संयोजकको नेतृत्वमा सम्पादन हुने गरि जिम्मेवारी बाँडफाँड गरिएको छ ।

बाँडफाँड गरिएको जिम्मेवारी अनुरुप मिडिया सेन्टरको संयोजकमा डा सुरेश आचार्य , प्रेस संघ–संगठन समन्वय संयोजकमा बद्री सिग्देल, अनलाइन समन्वय संयोजकमा समिरजंग शाह, सामाजिक संजाल समन्वय संयोजकमा ई। दिपेश विष्ट ,मोफसल मिडिया सम्पर्क प्रचार संयोजकमा शिव लम्साल उपत्यका प्रीन्ट मिडिया संयोजकमा दिपक आचार्य ,बिट समन्वय संयोजकमा सरोज अधिकारी ,टेलिभिजन समन्वय संयोजकमा नीर शाह,रेडियो समन्वय संयोजकमा गोपाल झा ,बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा डा अञ्जनि झा, महिला प्रचार समन्वय संयोजकमा अन्जना अर्याल ,युवा प्रचार समन्वय संयोजकमा विकल राई,महाधिवेशन स्थल काठमाडौ महानगर प्रचार समन्वय संयोजकमा निलकाजी शाक्य ,सामाजिक संघ संस्था प्रचार समन्वय संयोजकमा फुलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागत द्वार र श्रृङ्गार संयोजकमा गोविन्द पुडासैनी ,कला संयोजकमा मिन भाम,डिजिटल बोर्ड प्रचार संयोजकमा ई। सुसन वैद्यलाइ दिइएको छ भने १४ औं महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिको सचिवको जिम्मेवारी– दिनेश थापा मगरलाई सुम्पिइएको छ ।