बुधबार, बैशाख १२, २०८१

काँग्रेस बाग्मती प्रदेशको त्रिपक्षीय भिडन्त, केन्द्रीय महाधिवेशनको प्रतिविम्व

संस्थापनले इतर समूहविरुद्ध तेस्रो धारलाइ सहयोग गर्दै

काठमाडौं मंसिर १८,

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मुलुक संघीयतामा गएपछि पहिलो पटक आज हुन काँग्रेसको ६ वटा प्रदेश क्रमस प्रदेश न १, बाग्मती प्रदेश गण्डकी प्रदेश , लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको अधिवेशन मध्ये निकै रोचक केन्द्ीय राननितिको आकर्षण बनेको बाग्मती प्रदेशको अधिवेशनलाइ निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

वाग्मती प्रदेश सभापतिका लागि कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान, रामचन्द्र पौडेल समूहबाट जगदीश्वरनरसिंह केसीले र पार्टी सभापति शेरबहादुर देउवा समूहबाट इन्द्रबहादुर बानियाँवीच हुने प्रतिस्पर्धाले केन्द्रीय महाधिवेशनको राजनितिक प्रतिस्प्रर्धालाइ लक्षित गरेको विश्लेषण सहित यस प्रदेशको अधिवेशनलाइ अर्थपूर्ण मानिएको हो । बाग्मती प्रदेशमा १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित कुल ९१ जनाको नयाँ बन्ने प्रदेश संरचनाका लागि २ हजार १३७ जना मतदाताले आज आफ्नो मताधिकार प्रयोग गर्नेछन ।

सभापतिका लागि चुनावी मैदानमा रहेको उम्मेदवारत्रय मध्ये प्रधान केसी र बाँनियाको आआफ्नै चुनावी पकड रहेको यो प्रदेशमा काठमाडौं उपत्यका तर्फका। करिव ९ सय मत जुन उम्मेवारले आफ्नो पक्षमा आकर्षण गर्न सक्छ त्यस उउम्मेदवारको जित निश्तिच रहेको काँग्रेस जनको विश्लेषण रहेको छ ।

त्यसोत संस्थापन समूहका बाँनिया , इतर समूहका केसी र तेस्रो धार अन्र्तगत सिटौला समूहका उम्मेदवार भिमसेन दास प्रधानको चुनावी माहौल निकै गर्मागर्मी रहेको बताइन्छ । साथै संस्थापन समूह जसरी पनि इतर समूहको साख गिराउने रणनितिक योजना मुताविक अगाडि बढेको बताउदै स्रोतले भने प्रदेश न १मा सिटौला समूहले संस्थापन समूहलाइ सहयोग गर्दै गर्दा बाग्मती प्रदेशमा संस्थापन समूहले सिटौला समूहका उम्मेदवार प्रधानलाइ सहयोग गर्ने कार्ययोजना बनेको जनाएको छ।