शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस प्रदेश अधिवेशन: कुन प्रदेशमा कति मतदाता ?

काठमाडौं मंसिर १६,
नेपाली काँग्रेसले १४औ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा आजबाट शुरु हुन गइरहेको प्रदेश अधिवेशनका लागि काँग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गते बसेको बैठकले केन्द्रीय नेतृत्वलाइ संयोजनको जिम्मेवारी दिएको छ।

जसअनुसार प्रदेश न १मा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला संयोजक रहेका छन भने प्रदेश न २ मा रमेश रिजाल त्यस्तै बाग्मती प्रदेशको संयोजकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह , गण्डकी प्रदेशको संयोजकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ ,कर्णाली प्रदेशको संयोजकमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू रहेका छन ।

त्यस्तै प्रदेशसभा निर्वाचनले १ सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित ३ जना सहमहामन्त्री पदाधिकारी सहितको कार्य समितिको चयन गर्नेछ

प्रदेश १ मा १ हजार ६७१ मतदाता रहेका छन भने प्रदेश न २मा १हजार ९८०, बाग्ममती प्रदेशमा १ हजार ९६० मतदाता रहेका छन । त्यस्तै गण्डकी प्रदेशमा १ हजार २सय त्यसैगरी लुम्बिनी प्रदेशमा १ हजार भन्दा  बढि मतदाता रहेका छन भने कर्णाली प्रदेशमा ७५० सुदूरपश्चिम प्रदेशमा ९७५ जना मतदाता रहेका छन ।