शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस केन्द्रीय महाधिवेशन आज थप ५आरक्षण् समूहको सहमहामन्त्री पदको मतगणना हुँदै

काठमाडौं पुस २,
नेपाली कांग्रेस १४औं महाधिवेशन अन्र्तगत विहिवार भएको मतगणना पछि काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज काँग्रेस केन्द्रीय समितिका बाँकी ५  आरक्षण् समूहको सहमहामन्त्री पदको मतगणना आज हुरु गर्ने भएको छ ।

निर्वाचन समितिले ८ आरक्षण् समूह मध्ये विाहवार ३ समूहको मतपरिणाम आइसकेकाले जनाउदै आज बाँकी ५ समूहको मतगणना गर्ने तयारी भएको जानकारी दिएको छ। त्यस्तै आज खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाठ प्रतिनिधीत्व गर्ने आरक्षण् समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको जनाएको छ।

खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेसीकोटाका सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा हुनुहुन्छ । थारु कोटाको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा रहेका छन भने पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार रहेका छन् ।

यसमध्ये

१ मधेसी समूहको सहमहामन्त्रीमा देउवा प्यालनबाट महेन्द्र यादव,
२ खसआर्य समूहको सहमहामन्त्रीमा देउवा प्यानलबाट किशोरसिंह राठौर
३ थारु समूहको सहमहामन्त्रीमा देउवा प्यानलबाट उमाकान्त चौधरी
४ मुस्लिमसमूहको सहमहामन्त्रीमा देउवा प्यालनबाट फरमुल्लाह मन्सुर
५ पिछडिएको क्षेत्रकोसहमहामन्त्रीमा देउवा प्यालनबाट जीवनबहादुर शाही उम्मेदवार रहेका छन् ।

१ कोइराला समूहबाट मधेशीकोटाका सहमहामन्त्रीमा रामकृष्ण यादव
२ कोइराला समूहबाट खसआर्य समूहमा देवराज चालिसे
३ कोइराला समूहबाट थारु समूहबाट तेजुलाल चौधरी
४ कोइराला समूहबाट मुस्लिम कोटामा शेख वकिल
५ कोइराला समूहको पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा बद्री पाण्डे  उम्मेदवार रहेका छन् ।

१ निधी समूहबाट भने चेतराज बराल उम्मेदवार रहेका छन् ।  काँग्रेस केन्द्रीय निर्वाचन समतिले आज ५ सहमहामन्त्रीको मतगणना भएसंगै संभवत शनिवारबाट केन्द्रीय सदस्यहरुको मतगणना गर्ने तयारी रहेको जानकारी दिएको  छ ।