शुक्रबार, चैत्र १६, २०८०

ओमिक्रोन भेरियन्टको त्रास, अत्यावश्यक काम बाहेक विदेश भम्रण नगर्न सरकारको आग्रह

काठमाडौं मंसिर १५,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दो रहेको जनाउ सहित अत्यावश्यक काम बाहेक विदेश भम्रण नगर्न अनुरोध गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज जारी विज्ञप्तिमार्फत ओमिक्रोन भेरियन्ट बढी संक्रामक र सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने देखिएको बताउदै बढ्दो संक्रमणको रफ्तार रोक्नका लागि सबै नागरिकले जनस्वास्थ्यका मापदण्डको पालना गर्न र अत्यावश्यक काम बाहेक विदेश भम्रण नगर्न आग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा केहि दिन अघि अफ्रिकन मुलुकहरुमा पहिचान गरिएको ओमिक्रोन भेरियन्टले यतिबेला विश्वलाई पुनः त्रसित बनाएको उल्लेख गर्दै । नयाँ भेरियन्ट नेपालमा फेला नपरे पनि समयमानै ​आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो बनाइएको उल्लेख गर्दै पछिल्लो मसय एसियाका केही देशहरुमा समेत यो भेरियन्ट तिव्र रुपमा विस्तार भइरहेको अवस्थालाइ दृष्टिगत गर्दै यस्तो आग्रह गरेको उल्लेख गरिएको छ। ​

साथै कोभिड१९ विरुद्धको खोपले रोगबाट बचाउने भएकाले पायक पर्ने खोप केन्द्रमा गई अनिवार्य रुपमा खोप लगाउन समेत अनुरोध गरेको छ।