बुधबार, बैशाख १२, २०८१

उम्मेदवारको नाम टुङ्गो लगाउन संस्थापन र इतर समूहवीच वेग्लावेग्लै रस्साकस्सी

 देउवा भर्सेस इतर समूहले प्रकाशमान र शेखर मध्ये एक जनालाइ सभापतिको उम्मेदवार बनाउँने

काठमाडौ मंसिर २२,

मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न् हुँने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको नयाँ नेतृत्वको लागि उम्मेदवारको नाम टुङ्गो लगाउन संस्थापन समूह र इतर समूहवीच वेग्लावेग्लै रस्साकस्सी चलेको छ। पार्टी सभापति सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यहि प्रयोजनका लागि आज सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा आफु निकटका नेताहरुको बैठक वोलाउनु भएको छ।

इतर समूहको तर्फबाट मंगलवार काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीवारिमा बसेको बैठकले आज सभापतिको साझा उम्मेदवार तय गर्ने सहमति गरेको छ । सभापतिको उम्मेदवार तय भएसंगै बाँकी पदाधिकारकिो नाम चयन गर्ने तयारी अनुरुप केहि समय लम्बिएको नेता पौडेलले बताउनुभयो ।

यसवीचम सभापतिका लागि आकंक्षी महामन्त्री शशाङ्क कोइराला भने बाहिरिएका छन । त्यस्तै वरिष्ठ नेता पौडेल पनि सहमतिकै लागि वाहिरिने संभावना प्रवल रहेको दावी सहित स्रोतले प्रकाशमान र शेखर कोइराला मध्ये एक जना सभापतिको उम्मेदवार बन्ने प्राय निश्चित भएको बताएका छन ।

यसवीचम प्रकाशमान सिंहले मंगलबार सम्पर्क कार्यालय खोलेर प्रचार सुरु गरेकाले अब किमार्थ ब्याक हुने अवस्था नरहेको स्रोतको दावी रहेको छ । त्यस्तै पछिल्लो समय बन्दै आएको नयाँ खाले परिस्थिती अनुसार काँग्रेसका पूर्व महामन्त्री समेत रहेको नेता सिंहको नाममा सहमति हुने संभावना प्रवल रहेको देखिन्छ ।