शनिबार, बैशाख ८, २०८१

उपत्यकामा मात्र १४८ जना कोभिड संक्रमितको पहिचान

काठमाडौं पुस ८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पुष्टि भएका २९३ जना कोभिड संक्रमित मध्ये काठमाडौँ उपत्यकाकै मात्र १४८ जना रहेको जनाएको छ । मन्त्रालयका अनुसार यसमध्ये काठमाडौका १०१ जना, भक्तपुरमा १३ जना र ललितपुरमा ३४ जनामा संक्रमण देखिएको जनाएको छ।

मन्त्रालयले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणको क्रममा २४१ र २ हजार ११६ जनाको एन्टिजेन परीक्षणको क्रममा ५२ जना गरि २९३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा २६३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको जानकारीदिनको अलावा यहि अवधीमा थप २ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।