शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका १२५ सहित २३६ जनामा कोभिड संक्रमण, २ को मृत्यु

काठमाडौं पुस ७ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षणको क्रममा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षणो क्रममा १९ जना गरी कुल २३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रायले यसवीचम २७२ जना संक्रमित कोभिड मुक्त भएको जनाउँदै यहि अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । साथ आज पुष्टि भएको संक्रमितको मृत्युसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७९ पुगेको जानकारीदिएको छ ।

यसैवीच वितेको २४ घण्टामा उपत्यकामा १२५ जनामा संक्रमण फेला परेको जानकारी दिदै यसमध्ये भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंका ७६ जना रहेको जनाएको छ।