बिहिबार, बैशाख १३, २०८१

इटाली जाँदै गरेका स्की खेलाडी श्रेष्ठलाइ सफलताको कामना सहित बिदाइ

काठमाडौं मंसिर २२,
बेइजिङ शीतकालीन ओलम्पिकको तयारीका लागि डिसेम्बर ९ मा पगानेला स्की रिसोर्ट, ट्रेन्टो, इटाली जाँदै गरेको खेलाडी सफलराम श्रेष्ठलाई सफलताको शुभकामना सहित बिदाइ गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एमव् सासंद जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच स्की खेलाडी श्रेष्ठलाइ शुभकामना सहित बिदाइ गर्नु भएको हो ।

बिदाइ कार्यक्रममा नेपाल स्की एसोसिएसनका अध्यक्ष समेत रहेका एनओसी अध्यक्ष श्रेष्ठले जुन लक्ष्यले जान कालागेको हो त्यसमा अर्जुन दृष्टि सहित मिहिनेत गरेर आफूलाई राम्रो बनाउने प्रयास गर्न सुझाव समेत दिनुभएकोछ ।

बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल स्की संघका महासचिव विजय श्रेष्ठ, एनएसएका सचिव बसन्तराज कार्की र अर्जुन महर्जन लगायत एनएसएका सदस्यहरूको उपस्थिति रहेको थियो।