बिहिबार, बैशाख १३, २०८१

आमाको महत्वमाथिको सामाजीक उत्खननको सदृश्य ऐना हो “आमा स्मृति गाथा”

सार्थकता , सुरक्षा ,सन्तोष र आनन्दको कर्णप्रिय फ्युजन शब्दावली आमा शब्दको लागि शब्द होइन सन्तानको भाग्य र भविष्यको परिसूचक र ममताकी खानी हो 

 काठमाडौं पुस १२,
नीलप्रभा राजोपाध्याय स्नातकोत्तरको अध्ययनसंगै नेपाली साहित्य जगतको श्री वृद्धिका लागि पछिल्लो समय गद्य साहित्यको नयाँ आयाम सहित नवोदित स्रष्टाको रुपमा उदाएकी एक ससक्त प्रतिभा हुन।

प्रकाशित पहिलो कृति आमा स्मृति गाथा मार्फत नै यस क्षेत्रमा आफ्नो उपस्थिती दर्शाउन सफल भएकी छिन । लेखिका राजोपाध्यायको पहिलो कृतिको अभिरुचीपूर्वक अध्ययन गर्ने क्रममा उहाँले अतिथी देव भव, पितृदेव भव लगायतका शास्वत मान्यताबाट गुज्रदै आएको समाजमा गद्य साहित्य क्षेत्रमा  नौलौ बान्की सहित आफ्नी जन्मदात्रीको स्मृतिमा कोरिएको संस्मरणात्मक मनोभावको परिस्कृति स्वरुप आमा स्मृति गाथा मार्फत मातृदेव भव अर्थाथ आमाको महत्वको गर्विलो छाप छोड्न सफल भएकी छिन ।

नवोदित साहित्य स्रष्टा उपाध्यायले आमाको आफ्नो सन्तानप्रति रहने निश्वार्थ वात्सल्य प्रेमसंगै सन्तानले पनि आफ्नी आमाप्रति गर्नुपर्ने आदरभावसहितको सम्मानसंगै आमाको अभावमा हुन सक्ने विचलनलाइ निकै मार्मिक रुपमा प्रस्तुत गरेकी छिन जुन आफैमा  अदितिय एवम् तारिफ योग्य रहेको छ ।

त्यस्तै लेखिका उपाध्यायले स्मृति गाथाको माध्यमबाट श्रृष्टिकर्ता जननी आमाको महिमामात्र उजागर गरेकी छैनन , आमा शब्दले हुँदा पनि नहुँदा पनि सन्तानको जीवनमा पार्ने प्रभाव र अभावको सामाजीक् उत्खनन सहित निकै सरल शब्दमा अनुपम उदाहरण प्रस्तुत गर्दै आमाभन्दा ठूलो केहि हुन नसक्ने शास्वत सत्यतालाइ निष्कर्षरुपमा पहिल्याउन सफल भएकी छिन ।

त्यस्तै प्रकाशित स्मृति गाथालाइ खण्ड खण्डमा विभाजन गर्दै विभजित प्रत्येक खण्डमा आमाको ममताको वैभव दर्शाउँदै आमा शब्द भित्र लुकेको पृथक संसारको सफलता पूर्वक प्रदक्षिणा सक्नुनै लेखिकाको सवल पक्ष सावित भएको छ।

हुनत प्रकाशित पुस्तकमा लेखिकाले आफु कुनै पनि विधाको सर्जक नभएको प्रष्टोक्ति सहित समय र परिस्थितीकै कारणले जुराएको उपलब्धिको रुपमा पुस्तकलाइ स्वीकार गरिएको प्रसंग उठान गदैगर्दा हिरारत्न कोइला खानीभित्रै पाइने पक्ष्लाइ नजर अन्दाज गर्दै जन्मजातनै व्यक्ति साहित्यस्रष्टा हुने पक्षलाइ बढावा दिन खोजेको आभाष हुन्छ । कोहि सर्जक जन्मदै ठूला र विधागत स्रष्टा बन्ने होइन , त्यो त आफुमा निहित प्रतिभाको श्रृखलावद्ध उजागर पछिनै उसको वास्तविक पहिचान प्रतिविम्वित हुने हो भन्ने पक्षलाइ भुल्नु किमार्थ न्यायोचित मान्न सकिन्न ।

त्यसअर्थमा, लेखिका राजोपाध्यायले प्रकाशित पुस्तकलाइ आफ्ना भोगाइका टिपोटको पस्किृत स्वरुप भएको उल्लेख गर्दैगर्दा टिपोटकै दस्तावेजनै भएपनि अन्नतत स्मृति गाथामा समेटिएको पक्षको सुक्ष्म् विश्लेषण गर्ने हो भने यो निशन्देह नेपाली साहित्य जगतको महत्वपूर्ण सम्पति बनेको छ भन्नुमा कुनै द्यक मान्नु पर्ने अवस्था छैन ।

साथै प्रकाशित पुस्तकको ५ खण्ड मध्ये खण्ड १ २ र ३ मा वर्णित प्रसंग अन्र्तगत आमाको यमदुतसंगकौ संवाद संगै आमाको पूर्णचण्डि देवीसंगको भलाकुसारी मात्र नभइ खण्ड १ मा निकै कारुणिक प्रारुपमा आमाको महाप्रस्थानलाइ वर्णन गर्नु लेखिकिय दक्षता आफैमा अब्बल रहेको छ । समग्रमा सार्थकता , सुरक्षा ,सन्तोष र आनन्दको कर्णप्रिय फ्युजन शब्दावली आमा शब्दको लागि शब्द होइन सन्तानको भाग्य र भविष्यको परिसूचक ममताकी खानी भएको सहजै वोध गर्न सकिन्छ । -श्रीजन-